भालुको आक्रमणबाट ८० वर्षीय क्षेत्रीको मृत्यु
सांकेतिक तस्बिर
अर्घाखाँची: शितगंगा नगरपालिका वडा नम्बर २ सीतापुरमा भालुको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ। भालुको आक्रमणमा परेका ८० वर्षीय रामबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
शितगंगा नगरपालिका २, ओखरी बस्ने क्षेत्री घरबाट झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा भालुको आक्रमणमा परेका थिए। गम्भीर घाईते बनेका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो।
विगतमा पनि यो क्षेत्रमा जंगली जनावरले आक्रमण गरेको भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406








xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













