सामुदायिक विद्युत वितरक संस्था जगदीशपुरको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य विष्णस पन्थीले विद्युतमा नेपालको गर्भ गर्ने विषय बन्न सकिने बताउनुभयो । विगतका दिनमा हामी १८ घण्टा सम्म लोडसेटिंग भोगिसकेका छौ । आहिले विद्युतमा लागभाग अत्मनिर्भा हुने आवस्थमा रहेको, उत्पादित विद्युत अन्य देशमा निर्यत गर्ने स्थितमा पुगी सकेको र छिटै नै थाप विद्युत उत्पादन हुने भएकोले उत्पादनमुखी कार्यमा लागउन सके देश नै आत्मनिर्भार हुने पन्थीको भनाई रहेको छ । हामी बुद्ध भागवनको ठाउँमा विद्यत चोर्नुभनेको दुखको कुरा रहेको बताउदै विद्युत चुहवट रोकनको लागि सबैले हतेमलो गर्न आवश्यक पन्थीले जोड दिनुभयो ।
जगदिशपुर ताललाई पर्यटिकिय गन्तब्यमा विकास गर्न पुर्ण प्रतिबद्ध रहेको कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । विद्युतलाई उपभोक्तले उत्पादन मुखी कार्य लगानी गर्न ध्यान दिन जरुरी रहेको र विद्युत पोल जडन गर्दा सड्क वितरको दिगोपनलाई ध्यान दिएर जडन गर्न उहाँले सुझवा दिनु भएको थियो ।
सामुदायिक विद्यत वितरक संस्थालाई अगडी बढाउन विद्युत प्रधिकरण तौलिहवा शाखा बाट सक्दो सहयोग गर्न राजेश कुमार झाले प्रतिबद्धत व्यक्ति गर्नु भयो । उपभोक्त बाट अएको प्रश्नको जबफ दिदै अगमी दिनमा संस्थालाई आझै व्यवस्थीत गरेर आगडी बढने संस्थाका अध्यक्ष डा.अब्दुल रासीद खाँ प्रतिबद्धाता जनाउनु भएको छ ।
सर्व सुलभ तरिकले घरआगनमा विद्युत महसुल बुझाउन पाउद समयको बचत भएको संस्थाका सलहकर ईन्द्र प्रसाद हरिजनले बताउनु भएको थियो । संस्थालई आगडी बढाउन सबैले सहयोग गरे मात्रै समभाव हुने उहाँले जोड दिनुभयो ।
आर्थिक वर्ष २०७८र०७९ मा कुल ७८ लाख ८१ हजार ६२ रुपैया २७ बराबरको जम्मा आय÷ब्यय विवरण संस्थाकी कोषध्यक्ष देवी भण्डारीले प्रस्तुत गर्नु भएको थियो । विद्युत वितरक संस्था अन्र्तगत ग्राहस्थ तर्फ ९ सय १६ , सिचाई तर्फं ७१, उधोग १२, मंदिर ८ विद्यालय ६ गरी कुल ग्रहक संख्या १ हजार १३ जान रहेको संस्थाका सचिव शिवपुजन यादवले जनकारी दिनुभएको थियो ।
कार्यक्रम संस्था उपाध्यक्ष गेविनद पौडेल को स्वागत र सचिव शिवपुजन यादवको संचालनमा भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्याहरु, विद्यलायका प्रतिनिधि, विभिन्न समितिका पदअधिकारी, संस्थाका संचलक समितिका पदआधिकारी लगायतको सहभागि रहेका थिए ।
तपाईको प्रतिक्रिया !