कपिलवस्तु २४ प्ुस
जिल्ला कै पुरानो बुद्धपद उमाबिको बिद्यालय ब्यवस्थापन समिति निर्बिरोधरुपमा चयन भएको छ । बिद्यालयमा संपन्न अभिभावहरुको भेलाले निर्बिरोधरुपमा समितिको चार सदस्य चयन गरेको हो ।
बिभिन्न कारण पटक पटक अभिभावक भेला भए पनि यस अघि दुई पटक समितिको चयन हुन सकेको थिएन । तेश्रो प्रयासमा आजाद अहमद दर्जी, दुर्गेश पाण्डेय , शिला कहार र सोना पासी बिद्यालय ब्यवस्थापन समिति सदस्य चयन भएको कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अशोक कुमार गुप्ताले बताए ।
जिल्लाको पुरानो बिद्यालयमा सर्व सम्मतिमा समितिको सदस्य चयन भएको उनले बताए । निर्वाचित चार सदस्य मध्येबाटै एक जना अध्यक्ष चयन गर्ने प्रावधान छ । भेलामा वडा अध्यक्ष गुप्ता, वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारी नगरपालिकाका शिक्षा शाखाका अधिकृत युवराज भृसाल लगायतको सहभागीता थियो ।
तपाईको प्रतिक्रिया !