Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

वार्षिक कार्ययोजना तय गर्दै मदिरा व्यवसायी संघ भैरहवाको कार्यशाला गोष्ठी


वार्षिक कार्ययोजना तय गर्दै मदिरा व्यवसायी संघ भैरहवाको कार्यशाला गोष्ठी

भैरहवा, २५ पुस ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी–२०७९ शुक्रबार र शनिबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा सम्पन्न भएको छ । चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा भएको कार्यशाला गोष्ठी (बैठक) ले वार्षिक कार्ययोजना तय गरेको संघका अध्यक्ष केशवराज ज्ञवालीले बताए ।

बैठकले मदिरा व्यवसायी संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरुको स्तर निर्धारण गरी डिलर थोक विक्रेता र फुटकर विक्रेता छुट्याइ नविकरण दस्तुर प्रमाणपत्रको स्तर फरक गर्ने, सदस्यहरुको व्यक्तिगत विकासमा टेवा पुग्ने गरी संघका सम्पूर्ण सदस्यहरुलाई व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वप्रति लगाव हुने गरी अभिमुखीकरण तालिम सञ्चालन गर्ने, वनभोज कार्यक्रम, मदिरा व्यवसायीहरुको फर्म दर्ता नविकरण तथा घरदैलो कार्यक्रम, नयाँ वर्ष २०८० को क्यालेण्डर प्रकाशन, बिमोचन, शुभकामना आदानप्रदान, व्यवसायिक राहत कोषको रकम छुट्याई छुट्टै बैंक खाता सञ्चालन, दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना गर्ने निर्णय गरेको छ ।

त्यस्तै उत्पादक कम्पनी तथा डिलरसँग् छलफल गर्ने, मदिरा व्यवसायीहरुको गुनासो सुन्ने, छलफल गराउने, डेलिकेशन जाने, रेटमा एकरुपता ल्याउन पहल गर्ने, संघको विधानले तोकेको क्षेत्रभित्र नयाँ व्यवसायी पहिचान गरी दर्ता नविकरण शुल्क लिइ संस्थामा आबद्ध गराउने, समयअनुकुल उद्योग, व्यापार, पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, बजेटमा राजस्वका दर, भन्सार दर, नगरपालिकाका राजस्व निर्धारण गरिने दर, आर्थिक वृद्धि, निजी क्षेत्रका समस्या समाधानका लागि सल्लाह सुझाव पेश गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनसँग छलफल तथा अन्तरक्रिया, अन्य मदिरा व्यवसायी संघ तथा संघ–संस्थासँग छलफल तथा अन्तरक्रिया गरी सुझाव सल्लाह लिने, रक्तदान कार्यक्रम, स्थापना दिवस मनाउने, कर शिक्षा तालिम आयोजना गर्ने, स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्य गर्ने, व्यवसायी राहत कोषको लागि अध्ययन तथा वितरण, सडक खाना महोत्सव, वृद्धि भएको व्यवसायिक कर्जाको ब्याजदरविरुद्ध आवश्यकताअनुसार विभिन्न संघ–संस्थासँग सहभागी भइ कार्यक्रम गर्ने, सहुलियत दरमा बैंकले दिने महिला उद्यमी ऋण अन्य व्यवसायी जस्तै मदिरा व्यवसायीलाई दिनुपर्ने माग राख्दै सम्बन्धित निकायसँग छलफल तथा डेलिगेशन गर्ने, कार्यालयमा कर्मचारी, आवश्यक सामग्री खरिद गर्ने, कार्यालयलाई चुस्तदुरुस्त राखि सञ्चालन गर्ने, सूचना तथा सञ्चार माध्यमसँग समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले व्यवसायीको गुनासो सुन्ने, छलफल गर्ने, बजारमा सामान बाहिरबाट आउने दररेटमा एकरुपता गर्ने÷गराउने र सरकारी अनुगमनमा सहभागी हुने, वार्षिक कार्ययोजना मुल्यांकन समिति संयोजकहरुको कार्यमुल्यांकन समिति समेत बनाएको संघका महासचिव केशव कुंवरले जानकारी दिए ।

कार्यशाला गोष्ठीले सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी समेत दिएको संघले जनाएको छ ।

बैठकमा रिर्पोटिङ तथा गत वर्षको कार्ययोजनाको समीक्षा सम्बन्धमा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार तथा वार्षिक कार्ययोजना संयोजकहरुको कार्यमुल्यांकन समितिका संयोजक चिरञ्जीवि राउतले बोलेका थिए ।

त्यस्तै २०७९ मंसिरसम्मको आम्दानी÷खर्च तथा २०७९÷२०८० को अनुमानित आय व्यय विवरण कोषाध्यक्ष यादव पोखरेलले प्रस्तुत गरेका थिए ।

कार्यशाला गोष्ठीमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले व्यवसायीका समस्या समाधान गर्न सामूहिक रुपमा पहल गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी बजारको प्रवद्र्धन र चलायमान बनाउन मिलेर अगाडि बढ्नुपर्ने बताए ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायी संघ, भैरहवाले छोटो समयमा उत्कृष्ट र मन छुने काम गरेको बताए । उनले उद्योग व्यापार संगठन, रुपन्देही र मदिरा व्यवसायी संघ भैरहवाबीच घनिष्ट सम्बन्ध रहेको बताए ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुंवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ–नेपालका उपमहासचिव राजेश महोत्रा, मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्री, ठाकुरकुमार श्रेष्ठ, मृगेन्द्र गोविन्द श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । मदिरा व्यवसायी संघ, भैरहवामा हाल १६१ जना सदस्य रहेको उपाध्यक्ष भागीरथ पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि