शीतलहरसँगै जाडो बढ्दै गएपछि जिल्लाको जनजीवन बिस्तारै प्रभावित हुँदै गएको छ। चिसोका कारण मानसीहरू घर बाहरि नस्किनसमेत समस्या हुने गरेको छ।
जाडो बढ्दै गए पछि जनजीवन कष्टकर बन्दै गएको हो। चिसो बढे पछि सर्वसाधारण घरभित्रै बस्न बाध्य छन्। सडक तथा बजार क्षेत्रमा मान्छेको चहलपहल घटेको छ। चिसोले कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पातलिएको छ। बिहान देखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।
कपिलवस्तु नगरपालिकाको रामनगर स्थित मौसम पूर्व अनुमान सम्पर्क कार्यालय अनुसार गत बर्ष भन्दा जिल्लामा यस बर्ष जाडो बढेको छ।
सम्पर्क कार्यालयका रामु रेग्मी अनुसार पुस दोश्रो साताबाट जिल्लामा जाडो बढ्दै गएको हो। त्यसयता बाक्लो हुस्सु र कुहिरोले ढाके पछि राम्ररी घाम पनि लागेको छैन। उनका अनुसार न्युनम ६ देखि अधितम ११ डिग्री सेल्सियस तापक्रम पुगेको छ। चोक चोक तथा घर घरमा आगो र हिटर बालेर बस्नेहरू बढेका छन्।
जोडो बढे पछि बालबालिका, वृद्धवृद्धा, बिरामी र मजदुरहरू प्रभावित भएका छन्। जाडो बढे पछि सर्वसाधारणहरू घरभित्रै बसेर आगो ताप्ने गरेका छन्। बाटोमा मानिसहरू कमै देखिएका छन्। सधैब्यस्त रहने सडकमा मान्छेको चाप कम कम भएको छ। भिडभाड रहने प्रशासन, मालपोत, नापी,समेत बिस्तारै सेवाग्राहीको संख्या घट्दै गएको छ।
चिसोले सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धाहरुलाई प्रभावित गरेको छ। चिसो बढेपछि जिल्लाका सरकारी र निजी स्वास्थ्य अस्पताल र संस्थामा बिरामीहरूको चाप समेत बढ्दै गएको छ। कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्री अनुसार अस्पतालमा श्वासप्रश्वास, झाडाबान्ता, ज्वरो, नमिोनयिा, रुघाखोकी र ब्रोङ्काइटसिलगायतका बिरामी बढेका छन्।
‘बालबालिहरु र बृद्धबृद्धारु उपचारका लागि आउने गरेका छन्। ’ उनले भने। जाडो बढे पछि जिल्लाका शैक्षिक संस्थाहरू पुस ३० गते सम्मकालागि बन्द गरिएका छन्। सबैभन्दा बढी गरिब, विपन्न तथा मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएका परिवारहरू जाडो खप्न बाध्य छन्।
एसससो लुगा लगाएर दैनिक ज्यालादारीबाट जीवन व्यतीत गरिरहेका कपिलवस्तु नगरपालिका– ३ डेरवाका बर्सातीले जाडोले गर्दा काम गर्न निकै गाह्रो परेको दुःखेसो पाखे।
‘काम नगरे मुखमा माड लाग्दैन, जाडोमा काम पनि पाइँदैन,’ दैनिक ३ सय रुपैयाँ ज्यालादारीम पाएर ७ परिवारका घर मुली बर्सातीले भने ‘कसैले पनि हामी गरिबलाई सहयोग गर्दैन।’
शीतलहर र हस्सुले गर्दा आलु, टमाटर लगायतका तरकारी खेतीमा डडुवा रोगले क्षति पुर्याएको छ। चिसो बढे पछि चोक चोकमा आगो ताप्ने व्यवस्थाका लागि जिल्लाका पालिका र विभिन्न सामुदायिक वनले काठ दाउरा वितरण गरेका छन्।
तपाईको प्रतिक्रिया !