कपिलवस्तु, २७ पुस
कपिलवस्तु सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः देवी प्रसाद वर्माको नेतृत्वमा सर्व सम्ममत कार्य समिती चयन गरेको छ । तौलिहवामा सम्पन्न पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः अध्यक्षमा वर्माको नेतृत्वमा १९ सदस्यिय कार्य समिती चयन गरेको निर्वाचन संयोजक वीर बहादुर खातीले जानकारी दिए ।
समितिको बरिस्ठ उपाध्यक्षमा नित्यानन्द वर्मा, प्रथम उपाध्यक्ष प्रमोद कुमार वर्मा, द्धिृतिय उपाध्यक्षमा गंगेश कुमार वर्मा, तृतिय उपाध्यक्षमा दिनेश कुमार वर्मा, सचिवमा बिरेन्द्र कुमार वर्मा, सह–सचिवमा रामदेव वर्मा सोनार, कोषाध्यक्षमा रामदेव सोनार र सह– कोषाध्यक्षमा नन्द किशोर गुप्ता निर्विरोध निर्वाचित भएका छन ।
समितिको सदस्यहरुमा सोभाखर सोनार,सुरज सुनार बलराम वर्मा, ज्ञानचन्द्र कसौधन, मोहमद इसा, अजित वर्मा, नन्दकिशोर गुप्ता, राहुल वर्मा र पुनमदेवि कसौधन प्रेम चन्द्र बर्मा गौरी शंकर बर्मा शिव कुमार बर्मा चयन भएका छन । साधारणसभाको बन्दसत्रमा संघका सचिव गंगेश कुमार वर्माले प्रगती प्रगती प्रस्तुत गरेका थिए ।
उनले कोरोनाका समयमा सचेतना र सहयोग कार्यक्रम गरिएको, संघको कार्यक्षेत्र शुद्धोधन, यशोधरा देखी बिजयनगर सम्म बिस्तार गरिएको, चन्द्रौटामा उपशाखा गठन गरेको र सुनचाँदी व्यवसायीको पसलमा डिजिटल बोर्डको व्यवस्था गरेको जनाए ।
त्यसै गरि कोषाध्यक्ष रामदेव सोनारले गत आर्थिक बर्ष २०७८÷७९ को १ लाख ७५ हजार २ सय १५ रुपैया बराबरको आयव्यय सहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष प्रेम सेन्चुरी, प्रदेश सदस्य सुधारक पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल चेम्बर अफ कमर्स तौलिहवाका अध्यक्ष गोपीकृष्ण शर्माले लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !