शिवराजमा पृथ्वीनारायणको सालिक शिलान्यास
चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ। बुधवार ३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिलान्यास गरेका हुन्।
२५ लाख रुपैयाँ लागतमा निर्माण हुने सालिक सहित पार्क पनि बनाइने बताइएको छ। सालिक शिलान्यास गर्दै लुम्बिनी प्रदेशसभा सदस्य केसीले पुर्खा र पूर्वजलाई सम्मान गर्नुपर्ने बताए।
बाइसे चौबीसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिंगो नेपाल निर्माणका नायकको जन्मजयन्तीकै अवसरमा सालिक शिलान्यास गरिनु निकै सान्दर्भिक रहेको बताए।
आफू निर्वाचित भएर आएपछि पहिलो आर्थिक बजेटमा नै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापन गर्ने निर्णय गरेको नगरप्रमुख अजय थापाले बताए।
खरेन्द्रपुर चोकमा विभूति पार्क निर्माण गरिने र यसले देश निर्माण बनाउने व्यक्तिलाई सम्मान सहितको नगरको समेत सान रहने नगर प्रमुख थापाले बताए।
विभूति पार्कको निर्माणसँगै राष्ट्रनिर्माता शाहको सालिक निर्माण गरी पछि राष्ट्रिय विभूतिहरूको सम्मानार्थ नगरपालिकाले आ.व. २०७९।०८० मा छुट्याएको बजेट रु. २५ लाखको लागतमा सालिक निर्माण हुने वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटाले बताए।
राष्ट्रनिर्माताको सालिक शिलान्यासलाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन्।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













