तौलिहवा। आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड तौलिहवाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा तौलिहवा स्थित शंकर होटलमा सम्पन्न भएको हो । दिप प्रज्वालन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले सहकारीले समाजिक सशक्तिकरणमा समेत लागनी गर्नु पर्ने बताउनुभयो । उहाँले जनताको बचत सुरक्षित गरी सहकारीले सामाजिक उत्थानका लागि काम गर्नु पर्ने बताउनुभयो ।
संस्थाले निरन्तर सेवाग्राही तथा सदस्यहरुको विश्वास जित्दै अगाडी बढेको कपिलबस्तु नगरपालिका ३ नं. वडाका वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न परिवारको आफ्नो अंशको केही कमाई भएपनि बचत गराउनु नै संस्थाको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेको, गरिब, विपन्न तथा पिछडिएका परिवारवबाट बचत गराउने र ती परिवार तथा समुदायलाई व्यापार व्यवसायमा पहुच पु¥याउनका लागिसंस्थाले काम गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा सचिव कृष्ण मोहन शुक्लाले गत आर्थिक बर्ष२०७८।०७९ को वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु गरेका थिए ।
यस संस्थामा आर्थिक वर्ष ०७८÷०७९ को तथ्याङ्क कुल २ हजार २ सय ७३ जना बचतकर्ता रहेका छन् । जसमध्ये ६ वटा संस्थागत बचत गर्ने संस्था रहेको छ । संस्थाले लगभग ३ करोड बढी ऋण लगानी रहेका छ । कार्यक्रममा संस्थाका पदाधिकारी, बचत कर्ता, शेयरधनी लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !