अपराध न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजना तथा दलित सामाजिक विकास केन्द्र कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संंयोजकत्वमा भएको हो ।
कार्यक्रममा आधारभुत सुरक्षा, सामाजिक संजाल दुरुपयागे तथा अपराधिक गतिविधी नियन्त्रण बारे छलफल तथा अन्र्तक्रिया गरिएको सहायक प्रजिअ अनिल पौडेलले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कविराज रोकयाले अपराध न्युनिकरणका सवालमा जानकारी दिएका थिए ।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा स्थानियको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !