कपिलवस्तु २९ पुस
कपिलवस्त नगरपालिकाका मेयर सुदीप पौडेलले ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनै कसर नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन । नगरपालिको १२ औ नगर सभा तथा हिउदे अधिबेशनमा सम्बोधन गर्दै उनले आगामी ५ बर्ष भित्र नगरको मुहार फेरिने गरी विकास गरिने बताए ।
उनले हुलाकी बाटो निर्माण संपन्न भए पनि लाईटिङको ब्यवस्था नहुदा समस्या आएको भन्दै नगरको सुन्दरीकरणकाला िपनि जमुहार देखि छोटकी तौलिहवा सम्म हुलाकी सडक आयोजनाको सहयोगमा लाईटिङको ब्यवस्था हुने बताए । यसकालागि हुलाकी सडकले करिब ढाई करोडको टेन्डर जारी गरेको छ ।
यस्तै नगर भित्र रहेको बिद्यतु पोलको लाईटको समेत ब्यवस्थापन गरिने तथा कृषि कार्यालय देखि महिता सम्मको बाटो समेत अबको केही दिनमा निर्माण सुरु ह्ुने बताए । अहिले चपरतल्लामा भएको छाडा चौपायको अस्थायी ब्यवस्थापनलाई पालिकाहरुको संयुक्त प्रयासले बुद्धभुमीको गब्दाहवामा स्थायी ब्यवस्थापन गरिने बताए । पोखरी संरक्षणमा ६० लाख, र पोखरीको पर्यटकीय विकासकालागि नगर बिकास बार्डसंग सहकार्य गर्ने तथा पहिलो चरणमा चार वटा पोखरीको विकास गरिने उनले बताए ।
बिद्यालयहरुको भौतिक अवस्था नाजुक रहेको भन्दै बिद्यालयको भौतिक विकासकालागि एक करोड बजेट बिनियोजन गरिएको उनले बताए । सभाले कपिलवस्तु नगरपालिकाको बिनियोजन ऐन २०७९ सर्वसम्मतले पारित गरेको छ । सो ऐन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले पेस गरेका थिए । सभाले चालु आर्थिक बर्षको निमित्त संचित कोषबाट खचै हुने ९ करोड ६८ लाख ५० हजार रकम समेत खर्च गर्ने अधिकार दिएको छ । यस्तै थप तथा संशोधन भएका ४८ योजनाहरु समेत चालु आर्थिक बर्षमा संपन्न गरिने छ । सभामा उप मेयर सुनिता गुप्ता, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे सभा सदस्य शोहरत तेलीले बिभिन्न सुझावहरु दिएका थिए ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहित खाँ, वडा नं. २ कावडाध्यक्ष अशोक कुमार गुप्ता, वडा नं. ३ कावडाध्यक्ष प्रकाश गैरे, वडानं. ४ का वडाध्यक्ष रविन्द्र प्रताप तिवारी, वडा नं. ५ का वडाध्यक्ष दिरेप चौधरी, वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मी, वडा नं.७ कावडाध्यक्ष इन्द्रमणि चौधरी , वडा नं. ८ का वडाध्यक्ष शिव कुमार पाण्डेय, वडा नं. ९ का वडाध्यक्ष दिपक गुरुंग, वडा नं. १० का वडाध्यक्ष मोहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, वडा नं. १२ का वडाध्यक्ष इन्सान अलि लगायत कार्यपालिका सदस्य एवम् कर्मचारीको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !