कपिलवस्तु २९ पुस
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको १२ नगर सभा तथा हिउदे अधिबेशनबाट ३ महत्वपुर्ण बिधेयक पारित भएको छ । सभाले वन बिधेयक २०७९, खानेपानी तथा सरसफाइ बिधेयक–२०७९ र स्थानीय पाठ्यक्रम–२०७९ सर्वसम्मत रुपमा पारित गरेको हो ।
यी तिन वटै बिधेयक महत्वपुर्ण रहेको र अब नगरपालिकालाई वन, नगरभित्र रहेको बिद्यालयमा स्थानीय पाठ्यक्रम र खानेपानी र सरसफाईको विकास र काम गर्न बाटो खुलेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम तयारी गरी सकेको छ ।
यो बिधेयक पास गरेसंगै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमलाई बिधालयमा पठनपाठन गराउन बाटो खुलेका मेयर केशव कुमार श्रेष्ठले बताए । यसैगै गरी वन र खानेपानी बिधेयकले पनि अब ती क्षत्रमा काम अघि बढाउन सजिलो भएको बताए । खोनपानी र सरसफाई बिधेयकले नगर भित्र ब्यवूिस्थत खानेपानी र सरसफाई आयोजनाहरु संचालन गर्न धेरै सजिलो हुने बताए ।
यसैगै गरी वन बिधेयकले नगर क्षेत्र भित्र रहेका वनहरुलाई ब्यवस्थित बनाउनका सहज हुने उनल.े बताए नगरमा सामुदायिक वन ६५ ओटा रहेका छन् भने साझेदारी वन दुई ओटा रहेका छन् । नगरका बिधेयक समितिका संयोजक सन्दीप पाण्डेले सभामा बिधेयक प्रस्तुत गरेका थिए ।
सभामा पेश भएका बिधेयक सर्वसम्मत रुपमा पारित भएका हुन् ।नगरसभाले कतिपय चालू योजना थपघट गरेको छ । साथै चालू आवमा हालसम्म भएका कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । नगर उप–प्रमुख मीरा थारुले नगरसभामा चालू आवमा न्यायिक समितिको अवस्था प्रस्तुत गरेकी थिइन् । बुद्धभूमि चालू आवमा १४ मुद्धा आएका र त्यसमा दुई मुद्धा फर्यौट भएको थारुले जानकारी गराएकी थिइन् ।
नगर सभामा उठेका कुराहरुलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले नगरले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि मानव संशाधन तर्फ केन्द्रित भएर काम गरिने बताए । नगर भित्र रहेका महिला उद्यमीलाई प्रोत्साहीत गर्ने गरी काम अघि बढाईने र आगामी योजनाहरुमा अहिले छुटको कुराहरुलाई समेटिने बताए । नगर भित्रका सिचाई आयोजनाहरुलाई ब्यवस्थितरुपमा संचालन गरिने ताल तलैयालाई संरक्षण र विकास गरिने बताए ।
चालु आर्थिक बर्षमा २ वटा निर्वाचनका कारण पुजीगत खर्च आशा गरे अनुसार हुन नसकेको भन्दै अब भने तीब्रता दिने बताए । चालु आर्थिक बषको मंसिर अन्तिम सम्म मा १ करोड ६८ लाख आन्तरिक आय संकलन भएको छ । भु उपयोग र जग्गा ब्यवस्थापनकालागि परापर्श सेवा, भौतिक निर्माणको कार्य परिक्षणकालागि ल्याबको ब्यवस्थापन, ब्ढी चोकमा प्रहरी चौकी स्थापना, बुद्धुभुमी अनर्गत रिङ रोडमा पर्ने पुल निर्माणको डिपिआर समेत बनाउने योजना र कार्यक्रम समेत अघि बढाउने सभाले निर्णय गरेको छ । सभामा प्रमुख प्रशाकीय अधिकृत रमेश गौतम वडा अध्यक्षहरुले बिभिन्न सुझावहरु दिएका थिए ।
तपाईको प्रतिक्रिया !