बाणगंगा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको १२ औँ नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको आफनै सभा हलमा नगरपालिकाले बिभिन्न महत्वपुर्ण निणर्य गर्दै नगर सभा सम्पन्न भएको हो । नगर सभामा नगर भित्रका बिभिन्न योजना संशोधन, योजनाको रकमान्तर समेत गरीएको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।
नगर भित्रका ११ वटा वडामा गरी करिव एक करोड पचाँस लाख बराबरको नयाँ योजना थप गरिएको पौडेलले जानकारी दिए । साथै सो अवसरमा नगरका बिभिन्न बिषयगत योजनाका संयोजकले आआफनो क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा न्यायिक तथा राजश्व परार्मश समिति संयोजक तथा उप प्रमुख रिता कुमारी थारु, भौतिक पुर्वाधार संयोजक बिष्णु पौडेल, सामाजिक बिकास संयोजक बिष्णु गिरि, आर्थिक समिति संयोजक छवि रेश्मी मगर, बिद्येयक समिति संयोजक बाबुराम अर्याल, शुसासन तथा क्षमता बिकास संयोजक कमल पौडेल, बन वातावरण तथा बिपत ब्यवस्थापन संयोजक करुण टण्डनले बिषयगत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक महत्वको प्रस्ताव वडा नः ५ का वडाध्यक्ष दुनिका भुसालले प्रस्ताव गरेकोमा सो प्रस्ताव सर्वसम्मत पारित भएको छ । साथै सो अवसरमा एसइइ २०७८ सालमा जिल्लामा प्रथम हुन सफल भएका होराइजन अग्रेजी आवासिय माध्यमिक बिद्यालयका करुण घिमिरेलाई नगद सहित सम्मान गरिएको छ । सभा नगर प्रमुख चक्र अर्यालले राखेका प्रस्तावमाथि आएका सुझावलाई समेटदै नगर सभा सम्पन्न भएको हो । सभा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बाकी योजनाहरु समयमै सक्ने गरी लाग्न आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !