Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित


इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

?????????????? ???????? ???? ????????? ????????? ????????? ???????? ????? ??????? ???? ??? ? ??????? ????????? ????/????

काठमाडौं, माघ ७ गते। प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ।

प्रतिनिधि सभाको बहुमत मत ल्याएर रानामगर उपसभामुख पदमा निर्वाचित हुनुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो । प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ मध्ये एक जनाले मत दिनुभएको थिएन । रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ । त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ ।

प्रतिनिधि सभाको उपसभामुख निर्वाचित राना राजनीतिक क्षेत्रमा नयाँ हुनुहुन्छ। उहाँ सामाजिक क्षेत्रमा अब्बल र कुशल नेत्रीका रूपमा स्थापित व्यक्तित्व हुनुहुन्छ। उहाँ मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधि सभाको सदस्य बन्नुभएको हो। उहाँले सामाजिक अभियन्ताको परिचय बदल्न राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो।

चर्चित समाजसेवी उपसभामुख 

उपसभामुख रानामगर साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक काममा  सक्रिय हुनुभएको हो।  रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गर्नुभएको छ। बन्दी सहायता नेपालकी संस्थापक उहाँले बुबाआमा जेल पर्दा अलपत्र भएका बालबालिकाको स्याहार र शिक्षामा सहयोग गर्दै आउनुभएको हो। यही कामले उपसभामुख मगरलाई नेपालमा मात्र नभई विश्वभर चिनाएको छ।

मगरको संस्थाले १२ वटा बालगृह, दुई वटा विद्यालय, चार वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ। हाल उहाँको संस्थाले करिब एक हजार पाँच सय बालबालिकाको हेरचाह गर्दै आइरहेको छ। सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले उहाँलाई वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड प्रदान गर्नुभएको थियो।

सन् २००५ मै ‘अशोका फेलो’ प्राप्त गर्न सफल उहाँले दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड पाउनु भएको छ। सन् २००९ मा उहाँले एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड हात पार्नुभएको थियो। सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा समेत उहाँको नाम थियो।

२०२७ सालमा झापाको शनिश्चरे-६ सालबारीमा प्रतापसिंह र मनमाया मगरकी कान्छी छोरीको रूपमा उहाँको जन्म भएको हो। उहाँका एक छोरी हुनुहुन्छ। उहाँ १३ महिने शिशुदेखि सयौँको ‘आमा’ बनिसक्नुभएको छ। उहाँको बाल्यकालसमेत अभावपूर्ण थियो। इन्दिरा ११ वर्षमा एकै पटक पाँच कक्षामा भर्ना हुनुभएको थियो। २०५३ मा स्नातक गरेर उहाँ समाजसेवामा लाग्नुभएको हो।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ महिना अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

१ दिन अगाडि
क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

२ दिन अगाडि
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२ दिन अगाडि
सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि