असलम खान । मर्चवार
यस आ.व.को शुरुदेखि नै सुत्केरी गराउन जानेको संख्यामा दिन प्रतिदिन बढोत्तरी हुदै गएको छ । रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादवका अनुसार गत वर्ष वर्षभरिमा ३२६ जना सुत्केरी सेवा लिएको थियो । श्रावणदेखि हालसम्म ३३६ जनाले सुत्केरी सेवा लिएको छ । विगत ४ र ५ दिनदेखि त ४ देखि ६ जनाको दरले उक्त सेवा दिईरहेको केन्द्रका स्टाफ मिना यादवले बताईन । सो सेवा लिनुमर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहका अनुसार केन्द्रमा सुत्केरी सेवा विगत भन्दा दिनप्रति बढदै गएको बताए । शाहका अनुसार नियमित एवं मासिक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अनिवार्य मिटिङ, आमा समूहको मिटिङमा अनिवार्य स्वास्थ्यकर्मी परिचालन,होम डिलेभरी शून्य गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण पश्चात सामूहिक प्रतिबद्धता, महिला स्वयंसेविकाले आ आफ्नो सेवाग्राही लाई प्रत्यक्ष निगरानी तथा मुख्य गरेर मर्चवारी गाउँपालिका अध्यक्ष वालिका विमा योजना कार्यक्रमको कार्यान्वयन, नि शुल्क एम्बुलेन्स सेवा, सुत्केरी पश्चात रु।१०००।( बराबरको १ क्यारेट अण्डा,१र२९आधा किलो० घ्यू,२ किलो नुन वितरण, स्वास्थ्यकर्मीको व्यवहारमा आएको परिवर्तन, सेवाग्राहीहरुको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र प्रति जागेको विश्वास र मर्चवारी स्वास्थ्यका नेटवर्कले गरिरहेको बताए ।
सुत्केरीलाई केन्द्रीय सरकार बाहेक थप सेवा सुविधा गाउँपालिकाले प्रदान गरेको, निरन्तर राय, सल्लाह, सुझाव एवं निर्देशन,अनुगमन सहयोगात्मक सुपरिवेक्षण बढाएको मर्चवारीका गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए । पहिला पहिला हाम्रो नागरिक अन्य पालिकाको वर्थिंग सेटर तथा भारतमा सुत्केरी गराउन जाने गर्दथ्यो भने आजभोलि ठिक उल्टो उहाँको भनाई छ । मर्चवारी गाउँपालिकामा सुत्केरी सेवा मात्रै हैन अन्य विभिन्न सेवा लिने नागरिकको संख्यामा वृद्धि हुँदै गएको उहाँले बताए ।
तपाईको प्रतिक्रिया !