कपिलबस्तु । ‘कुष्ठरोगका लागि आजैबाट पहल गरौं’ भन्ने नारा सहीत ७० औ बिश्व कुष्ठरोग दिवस तौलिहवामा मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धारा आयोजित कार्यक्रममा कुष्ठरोग नियन्त्रणका लागि सबै सरोकारवालाले पहल गर्नु पर्नेमा जोड दिइएको थियो ।
कुष्ठरोगको बेलैमा उपचार गरिए निको हुने र निःशुल्क उपचार हुने स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मोहोम्द ईरफानले बताए । उनले कुष्ठरोगको नियमित उपचार गरे पछि एक हजार यातायात खर्च पाउने प्रावधान छ । मुलुृकमा २०६६ साल माघ ५ गते कुष्ठरोगको निवारणको घोषणा गरिए पनि हाल सम्म यो रोग उन्मुलन हुन सकेको छैन । सरकारले सन २०२० भित्र मुलकुभरबाट कुष्ठरोग निवारण गर्ने लक्ष्य राखे पनि कपिलवस्तुमा भने अझै निवारण हुन सकेको छैन । कुष्ठरोगीको संख्याको हिसाबले लुम्बिनी प्रदेश मै कपिलवस्तु दोश्रो स्थानमा पर्छ ।
यस आबको पुस मसान्त सम्म ५८ जना नया कुष्ठरोगी फेला परेका छन । महाराजगंजमा सबै भन्दा बढी ११ जा कुष्ठरोगी छन । आर्थिक बर्ष २०७८÷०७९मा १ सय २३ जना कुष्ठरोगी फेला परेका थिए । १४ बर्ष भन्दा कम उमेरका ४ जना कुष्ठरोगी फेला परेका छन ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थय कार्यालयका क्षयकुष्ठ सहायक माहोम्मद इरफान, कपिलवस्तु नगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख उमेश गुपता र हेअ सिद्धार्थकाजी बज्राचार्यले सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया !