कपिलबस्तु, माघ १६ गते । जिल्ला प्रहरी कार्यालयले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई पक्राउ गरेको छ ।
गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक शिवराज नगरपालिका ७ बालापुरका ३१ वर्षिय विकरान्त भन्ने जग्गु तेली, शिवराज नगरपालिका ११ सडवाका २० वर्षिय कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, त्यस्तै सोही स्थानका १८ वर्षिय विरु भन्ने बृजेश गिरी र शिवराज नगरपालिका ७ बालापुरका २० वर्षिय सुग्रिम रैदास रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो ।
उनीहरुमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलावद्ध आगजनी गरेको आरोप छ । ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न ७ बुदे मागसहितको पर्चाहरु प्रहरीले फेला पारेको थियो ।
त्यस्तै उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए ।
२६ पुर र २ माघमा कृष्णनगर नगरपालिका–८ मौजा गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले बताएको छ । माघको २ देखि १३ गतेसम्म शिवराज नगरपालिका–७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेका थिए । मागेको चन्दामध्ये १ लाख लिँदै गर्दा १३ माघमा बिरु भन्ने बृजेश गिरी र सुग्रिम रैदास १ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीहरुको सूचनाको आधारमा प्रहरीले बिकरान्त भन्ने जग्गु तेली र जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इन्चार्ज बताउने विपिन विक पनि पक्राउ परेका हुन् । पक्राउ परेका चार जानै माथि कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी आपराधीक लाभ सम्बन्धि मुद्दामा अनुसन्धान भईरहेको उहाँको भनाई छ । पक्राउ परेका चारै जनालाई कपिलबस्तु प्रहरीले पत्रकार सम्मेलन गरी सर्वजानिक गरेको छ ।
तपाईको प्रतिक्रिया !