दिपक खड्का
चन्द्रौटा,कपिलवस्तु । शिवराज नगरपालिकाको अर्धवार्षिक समिक्षा कार्यक्रम वडा न ५ को सभाहलमा राष्ट्रिय गान बजाई कार्यक्रमको सुरुवात गरिएको हो । शिवराज नगरपालिकाले पहिलो पटक शिवराज नगरपालिकाको सम्पुर्ण वडा अध्यक्ष,सम्पुर्ण शाखा/उप शाखा प्रमुखहरुको उपस्थिमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अर्धवाषिक समिक्षा कार्यक्रममा प्रशासन शाखा,शिक्षा युवा तथा खेलकुद शाखा,कृषि विकास शाखा,प्रशु सेवा शाखा,स्वास्थ्य तथा सामजिक विकास शाखा,राज्श्व उप- शाखा,रोजगार शाखा,आर्थिक विकास शाखा,सहकारी शाखा,पञ्जिकरण तथा सामजिक सुरक्षा उप-शाखा, सामी परियोजना उद्यम विकास वास कार्यक्रम युनिसेफ र सम्पुर्ण वडा कार्यालयले आफनो प्रगति विवरण पेश गरेका थिए ।
शिवराज नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को कूल बजेट रु १,२४,६५,८१,९७०। रहेकोमा हाल सम्म चालु खर्च ३१.२८% र पुँजीगत खर्च ३.७४% भएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय राकेश पाण्डेले जानकारी दिए । समिक्षा कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले छोटो समयमा सम्पूर्ण शाखाले पुर्ण अपनत्व लिइ समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्नुपर्ने र कुनैपनि कारण देखाई सेवाग्राहीको काम नरोक्न समेत निर्देशन दिएका थिए ।
समिक्षा कार्यक्रमा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आम समुदायले अनुभुति गर्ने गरि सम्पूर्ण शाखाले काम गर्नु पर्ने बताए । कार्यक्रम शिवराज नगरपालिकाका मेयर अजय थापाको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेको आतिथिय्ता सम्पुर्ण वडा अध्यक्षको आतिथिय्ता र योजना शाखाका प्रेम वलीको संचालनमा सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया !