काठमाण्डाै – आईसीसी विश्ककप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबिया र स्कटल्याण्ड खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
हिजो भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । श्रृंखलमा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २/२ खेल खेल्ने छन् ।
सात देश सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया !