सैनामैना, फाल्गुन ३ गते । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दुस्साहस भइरहेको भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
लुम्बिनी प्रदेश स्थापना भएकाे उपलक्ष्यमा जारी गरिएकाे प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख अमिक शेरचनले नेपाली जनताको लामो बलिदानीबाट आफ्नै मौलिकतामा आधारित समावेशी, समानुपातिक, धर्म निरपेक्षता, संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको संरचनासहित संघीय गणतन्त्र प्राप्त भएको भन्दै प्राप्त उपलब्धिको रक्षाका लागि सबै सचेत हुनुपर्नेमा जाेड दिनुभयाे ।
यसलाई संकटमा वा कमजोर पार्ने दुस्साहस भइरहेको भन्दै उहाँले संविधानले असम्लग्न, स्वाधीन, समुन्नत समाजवाद उन्मुख राष्ट्रको परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिन सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
परनिर्भर आयातित अर्थतन्त्रबाट राष्ट्रको आत्म स्वाभिमानलाई कमजोर पार्ने र परनिर्भरतामा बच्नुपर्ने स्थितिबाट राष्ट्रलाई जोगाउन राष्ट्रिय पुँजीको समुचित परिचालन अतिआवश्यक भएको प्रदेश प्रमुख शेरचनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !