लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ
कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले कपिलवस्तुबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिरहेको बताउनुभएको छ।
कपिलवस्तुमा यातायात कार्यालय स्थापना भए पनि आवश्यक प्रशासनिक तथा संगठनात्मक प्रक्रिया पूरा नहुँदा लाइसेन्स नवीकरण सेवा सुरु हुन सकेको छैन।
पत्रकारसँगको फोन संवादमा मन्त्री अहिरले सेवा सञ्चालनका लागि आवश्यक संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृतिको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार केही कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले सेवा सञ्चालनको मिति निश्चित हुन सकेको छैन।
“यो काम काठमाडौँबाट हुने भएकाले अहिले नै कहिलेदेखि सेवा सुरु हुन्छ भन्ने निश्चित छैन। प्रदेश मन्त्रालयबाट हुने काम भएको भए अहिलेसम्म भइसक्थ्यो होला,” उहाँले भन्नुभयो।
मन्त्री अहिरले कपिलवस्तुबाटै लाइसेन्स नवीकरण सेवा सञ्चालनका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो।
कार्यालय स्थापना भए पनि सेवा सञ्चालन नहुँदा कपिलवस्तुका सेवाग्राही लाइसेन्स नवीकरणका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यतामा छन्।
मन्त्री अहिरले दुई महिना पहिले यातायात व्यवस्था सेवा कार्यालय कपिलबस्तुको निरिक्षण गर्ने क्रममा लाइसेन्स सेवा छिट्टै नै सञ्चालन हुने बताएका थिए ।


























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













