कपिलवस्तु १२ फागुन
तौलिहवा स्थित बुद्ध ज्योति बोर्डिङ स्कुलको २५ औ बर्षिक पुरस्कार बितरण एवं अभिभावक भेला संपन्न गरिएको छ । सो अवसरमा शिक्षा तथा समन्वय ईकाईकाका प्रमुख थानेश्वर घिमिरेले कार्यक्रमको उदघाटन गर्दै जिल्ला मै पुरानो बोर्डिङ स्कुलका रुपमा रहेको बुद्ध ज्योति बोर्डिङ स्कुलले शिक्षा क्षेत्रको विकासमा भुमिका खेलेको बताए । उनले बोडिङ स्कुलले गुणस्तरीय र प्रभावकारी शिक्षामा अझ प्रयास गर्नु पर्ने बताए । उनले बिदार्थी, शिक्षक अभिभावकले समेत शिक्षा क्षेत्रको विकासमा ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा बोर्डिङ स्कुलमा प्रथम, द्धितीय, तृतीय र अन्य बिभिन्न स्थान हासिल गरको बिद्यार्थीहरुलाइृ पुरस्कृत गरिएको थियो । बोर्डिङ स्कुलका प्राचार्य प्रकाश गैरको अध्यक्षता र शिक्षिका ईन्दिरा घिमिरको स्वागतमा भएको कार्यक्रममा बरिष्ठ समाजसेबी हरिराज शर्मा, कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवाली, एन ब्याब्सनका जिल्ला अध्यक्ष युवराज घिमिरे लागायतले शुभकामना मन्तब्य दिएका थिए । सो अवसरमा बिदार्थीहरुले नृत्य र गीत लागतयका प्रतिभाहरुको प्रस्तुती समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया !