अनिल मल्ल
तौलिहवा, फागुन १६ गते । कपिलबस्तुको मायादेवी गाँउपालिका ४ पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराईएको छ । पिपरामा स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बीच सो सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।
नागरिकको स्वास्थ्य उपचारको सहजता लागि वडाध्यक्ष असफाक अहमद खाँले स्वास्थ्य चौकीलाई डिजिटल, थर्मामिटर, विपि सेट, अक्सिमिटर, स्वास्थ्य चौकीलाई आवश्यक पर्ने विभिन्न औषधीहरु उपलब्ध गराइको बताउनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै खाँले मानिस जव सम्म स्वास्थ र शिक्षित हुदैन तब सम्म त्यस ठाउँको दिगो विकास हुन नसक्ने बताउनुभयो । वडाका नागरिकलाई सुरक्षित राख्नको लागि सो स्वास्थ्य सामाग्री हस्तन्तरण गरिएको वडाध्यक्ष खाँले लुम्बिनी समयलाई बताउनुभयो ।
वडाध्यक्ष खाँले एक कार्यक्रमका विच स्वास्थ्य चौकी इन्र्चाज रण बहादुर श्रेष्ठलाई हस्तन्तरण गर्नु भएको हो । कार्यक्रममा वडा सचिव शिव गुलाम कलवार, वडा सदस्य हृदयराम यादव लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !