काठमाडौं, चैत १४ गते । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगै दलका प्रमुख नेता सहभागी हुनुहुन्छ ।
बैठकमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेताहरु प्रभु शाह, घनश्याम भुसाल, महेन्द्र राय यादव, शरदसिंह भण्डारीलगायत नेता सहभागी हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया !