जिल्लामा भइरहेको धर्म परिवर्तन घटनालाई राेक्न विभिन्न हिन्दुवादी संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
हिन्दुवादी संघसंस्थाहरुले ‘सत्य वचन परम ईश्वरिय मार्गदर्शन ‘ नामक क्रिश्चियन धर्मावलम्बीकाे संस्थाले जिल्लाका सनातनी हिन्दुहरुलाई ललाई फकाई धर्म परिवर्तन गराउदै आएकाे प्रजिअ लाई ध्यानाकर्षण गराउंदै उचित कार्यवाहीकाे मांग गरेका छन ।
विश्व हिन्दु परिषद नेपाल, महाकाल समाजिक संस्था,नेपाल विश्व हिन्दु महासंघ, अन्तर्राष्ट्रिय हिन्दु परिषद र हिन्दु युवा शक्ति कपिलवस्तुले संयुक्तरुपमा खुलारुपमै भइरहेकाे धर्म परिवर्तनकाे विरुद्ध ज्ञापनपत्र पठाइएकाे महाकाल समाजिक संस्थाका संयाेजक धर्मराज विश्वकर्माले बताउनुभयाे ।
जिल्लाकाे विभिन्न ठाउंमा सनातनी हिन्दु समुदायका विपन्न वर्गलाइ लक्षित गरि प्रलाेभनमा पारेर धर्म परिवर्तन गराउन खाेज्नेलाई प्रशासनले कार्यवाहीकाे दायरामा ल्याउनै पर्ने विश्व हिन्दु परिषदका अध्यक्ष अजय कुमार पाण्डेले बताए । उनले हिन्दु धर्म संस्कृतिकाे रक्षा गर्ने प्रत्येक हिन्दुकाे कर्तव्य रहेकाेले आ-आफ्नाे ठाउंबाट धर्म परिवर्तनकाे विराेध गर्न आग्रह समेत गर्नुभएकाे छ ।
जिल्लामा धर्मपरिवर्तनका घटना राेक्न आवश्यक देखिएकाे छ ।सामुदाय स्तरमा धार्मिक सहिष्णुता खल्बलिन नदिन प्रशासनले सक्रिय भुमिका खेल्नुपर्ने समाजसेवी रामनिवास पुरिकाे भनाई छ
तपाईको प्रतिक्रिया !