सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार सत्तारुढ गठबन्धन दलहरुको साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको सहभागिता रहेका थियो।
सरकारको साझा नीति तथा कार्यक्रम जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन्।
साझा नीति तथा कार्यक्रममा देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने।, संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन/ विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सङ्घीयता कार्यान्वयन गर्ने। समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूको अन्त्य गरी समता,स्वतन्त्रता एबम्न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने। उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने।, खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने।, जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदूषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनीकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने लागायताका नीतिहरूलाई संयुक्त सरकारका प्राथमिकतामा राखिएको छ।
सरकारको पूरा साझा नीति तथा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्
तपाईको प्रतिक्रिया !