स्वास्थ्य बीमा कैलाली जिल्लाबाट २०७२ साल चैत्र २५ गते सुरु भएको दिनको अवसरमा हरेक वर्ष चैत्र २५ गते स्वास्थ्य बीमा स्थापना दिवस मनाउने गरिन्छ। यस वर्षको नारा स्वास्थ्य सेवामा सर्वब्यापी पहुँचका लागि स्वास्थ्य बीमा रहेको छ। नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमाको मुख्य उद्धेश्य भनेको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच एवं उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिस्चित गर्ने आकस्मिक, अनायास, अप्रत्यासित रुपले रोगको कारणले गर्दा अचानक आइपर्ने आर्थिक भार लाई पुर्व भुक्तानीको माध्यमबाट आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र नै स्वास्थ्य बीमा हो।
आज स्वास्थ्य बीमा बोर्डको हरेक प्रदेश कार्यालय एवं जिल्ला स्थित सम्पर्क शाखा कार्यालय हरुमा दीपत्सवको साथ भब्य रुपमा स्वास्थ्य बीमा दीवास मनाउन केन्द्र बाट निर्देशन आएकोले कपिलवस्तु जिल्ला स्थित स्वास्थ्य बीमा बोर्डको सम्पर्क शाखा कार्यालयले स्वास्थ्यमा सर्बब्यपी पहुँचको लागि स्वास्थ्य बीमा भन्ने नाराको साथ कार्यक्रम सम्पन्न गरेको कपिलवस्तुको दर्ता अधिकारी वशिष्ठ तिवारीले बताउनु भयो |
हाल सम्म कपिलवस्तुमा कुल १० स्थानीय तहहरु मध्हे ४ वटामा स्थानीय तह स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भैसकेको एवं बाकि स्थानीय तहहरुमा पहल भैरहेको दर्ता अधिकारी तिवारीले बताउनु भएको छ |
स्वास्थ्य बीमाको सातौं बार्षिक उत्सवको अवसरमा कपिलवस्तु जिल्ला स्थित सम्पर्क शाखा कार्यालय कपिलवस्तुमा कुल ८८८९४ बिमित एवं ५३८२३ घर परिवारको पोलिसी इमिस मा प्रबिस्टि हुनुको साथ साथै अति गरिब अन्तर्गत १३३२८,स्वास्थ्य स्वंय सेविका ५० %अनुदान अन्तर्गत ४५४,जेस्ठ नागरिक अन्तर्गत २१०८०, एच आइ भी अन्तर्गत ८९८,कुष्ठ रोगि अन्तर्गत १५, क बर्ग अतिअस्क्त अन्तर्गत ३३१, एम डी आर टीबी अन्तर्गत १० जना घर परिवाको स्वास्थ्य बीमा नेपाल सरकारले योगदानम रकम तिरी सत प्रतिशत निशुल्क स्वास्थ्य बीमा गरि दिएको दर्ता अधिकारी तिवारीले बताउनु भएको छ |
चालु आर्थिक बर्षमा कपिलवस्तु नगरपालिकाले उदाहरनिय कार्य गर्दै सम्पुर्ण नागिरिक् हरुको ५०% अनुदान रकम स्वास्थ्य बीमा गराए बापत नगरपालिकाले बेहोर्दै आइ रहेको छ यसका साथ साथै यसोधरा गाउँपालिकाको वडा नो १ र २ ले समेत स्वास्थ्य बीमा गराए बापत अनुदान रकमको केहि भाग वाडले तिरी दिने गरि बजेट छुट्टाएको दर्ता अधिकारि तिवारीले बताउनु भयो|
त्यस्तै महराजगंज नगरपालिकाको हकमा नगरपालिकाले वडा न. एकको सम्पूर्ण नागरिक हरुको दलितको हकमा प्रति परिवार २००० एवं अन्यको हकमा १५०० रकम प्रति परिवार नगरपालिकाले योगदान रकम तिर्ने गरि बेवास्था भएको दर्ता अधिकारि तिवारीले बताउनु भयो |
स्वास्थ्य बीमा यस्तो सामाजिक सुरक्षामा आधारित कार्यक्रम हो जसको लाभ नागरिक प्रत्यक्ष बीना झन्झट उपयोग गरिरहेका छन्। यो विशुद्ध योगदानमा आधारित कार्यक्रम भएकोले हरेक नागरिकले स्वास्थ्य बीमा उपयोगको नाममा दुरुपयोग गर्नबाट बच्नुपर्छ। किनभने यो कार्यक्रम प्रत्यक्ष मानव स्वास्थ्यसँग सरोकार राख्दछ। कतिपय सामाजिक संस्थाहरुले दान दिने चलन रहेकोले स्वास्थ्य बीमालाई सहयोग स्वरूप दान दिदा फरक नापर्ला एवं अन्य ठाउँमा दान दिनु भन्दा स्वास्थ्य बीमामा बिमित भई अनुदान दिनु श्रेष्ठकर हुन्छ। नेपाल जस्तो विकासोन्मुख मुलुकमा नागरिकले आफ्नो आधारभुत आवश्यकता आर्थिक अभावमा परिपूर्ति गर्न सक्नु नै चुनौती मानिन्छ। त्यहि भएर रोगको कारणले गर्दा भविष्यमा आईपर्नै अप्रत्यासित आर्थिक जोखिम कम गर्नै एक मात्र बलियो आधार सरकार द्वारा संचालित स्वास्थ्य बीमारहेको दर्ता अधिकारी तिवारीले बताउनु भयो |
तपाईको प्रतिक्रिया !