कपिलवस्तु ४ बैशाख
कपिलवस्तु नगरपालिकाको कभर्ड हलमा दोश्रो नगर स्तरीय मेयर कप डबल्स ब्याडमिन्टन प्रतियोगीता र बिद्यालय स्तरीय सिंगल ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन संघको समन्वयमा प्रतियोगीता गरिएको हो ।
प्रतियोगीताको मैन बत्तीमा दीप प्रज्वलीत गरी ब्याडमिन्टन खेल खेल्दै प्रजिअ शंकरहरि आचार्यले खेलको उद्घाटन गरेका थिए । उनले जिल्ला र देशकै नाम उचो राख्न खेलले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले नगरपालिकाले प्रतियोगीता गराएर खेलाडीहरुको हौसला समेत बाढएको बताए । उनले खेल क्षेत्रको विकासमा समेत सबैले ध्यान दिनु पर्ने बताए ।
सो अवसरमा मेयर सुदीप पौडेलले खेल क्षेत्रको विकासका लागि नगर पालिकाले ध्यान दिएको बताए । उनले खेल क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । आगामी बैशाख ६ गते सम्म चल्ने प्रतियोगीतामा १६ समुहले भाग लिएका छन । यस्तै बिद्यालय तर्फ भने १० जनाले भाग लिएका छन । मेयर पौडेलको अध्यक्षता र बलराम न्यौपानेको संचालनमा भएको कार्यक्रममा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रम कै बिच खेलाडी र अफिसियलले सपथ समेत खाएका थिए । कार्यक्रममा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, नेपाली सेनाका सेनानी पुर्ण बहादुर तामाङ, प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, उप सचिव हरि प्रसाद ज्ञवाली, ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष दिनेश हमाल लगायतको सहभागतिा थियो ।
तपाईको प्रतिक्रिया !