कपिलवस्तु, चैत्र ११ गते।
पछिल्लो समय देखि स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता बैंकको शाखा मार्फत वितरण गर्दै आइरहेको थियो।जसमा बृद्ध आमा – बुवाहरुलाई निकै नै कठिनाई हुने गरेको पाइन्थ्यो तर अबको दिनहरूमा सामाजिक सुरक्षा भत्ता बैंकको शाखा गई बुझ्नु पर्ने बाध्यतामा नपारी शिवराजका मेयर अजय थापाले वडा कार्यालयमै बैंकिङ्ग शिविर मार्फत भत्ता वितरण गराउनु भएको छ।
आज वडा न.९ मा वडा अध्यक्ष र कामना सेवा विकास बैंकका म्यानेजर लगायत सहयोगी स्टाप साथीहरूको सहयोगमा वृद्धलाई शिविर सञ्चालन गरी वडामा भत्ता वितरण गरेका छन् र अशक्त लाभग्राहीहरूको घर घरमा पुगि भत्ता वितरण गरिएको छ।
त्यसतै शिवराज नगरपालिका वडा न ३ मा पनि बैंकिङ्ग शिविर मार्फत भत्ता वितरण हुँदै गरेको छ। यस्तो सेवा सुविधा सबै वडा कार्यालय मार्फत वितरण गर्न लक्ष्य रहेको पालिका प्रमुख थापाले जानकारी दिनुभएका हुन। अशक्तता भएका व्यक्तिहरू घरमै सामाजिक सुरक्षा भत्ता बुझ्ने अवसर प्राप्त गर्दा खुसीको सीमा नै रहेन। यस्तो महानकार्य गर्न लागिएको हुनाले सबैका लोकप्रिय बन्दै गएका छन् शिवराजका मेयर थापा।
तपाईको प्रतिक्रिया !