कपिलवस्तु बैशाख १७
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्तगत कपिलवस्तु नगरपालिका ४ कोदौहा चोकमा रहेको सडक अतिक्रमण हटाइएको छ । कोदौहवा चोकको सडक क्षेत्र मै घर टहरा र टंकी भएका कारण दुर्घटना बढदै गए पछि सडक अतिक्रमण हटाउन गत बैशाख १४ गते निर्णय गरिएको थियो । नगरपालिको जेशिबिले अतिक्रमण गरी बनाइएका घर टहरा हटाएको हो ।
अतिक्रमण हटाउन कपिलवस्तु नगरपालिकाका कर्मचारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, हुलाकी सडक र बाणगंगा सिचाई प्रणालीका कर्मचारीहरु जेसिबि लिएर आईतावर बिहान चौराहामा पुगेका थिए । सडक अतिक्रमण गरी बनाइएका ५ घर टहरा तथा सरकारी र बाणगंगा सिचाई प्रणालीको जग्गामा बनाइएका ७ घर टहरा समेत हटाइएको नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले बताउनुभयो । यस अघि २ पटक सम्म नगरपालिकाले कोदाहवामा रहेको अतिक्रण खाली गर्न सुचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको थिया ।
राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नु पर्ने सुरक्षा कार्यबिधि २०७५ को दफा ७ बमोजिम प्रशासन कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय बैठकमा अतिक्रण खाली गराउने निर्णय गरिएको थियो । नगरपालिकाले पटक पटक स्चना जारी गर्ने र खाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरे पछि बाध्य भएर यो कदम चाल्नु परेको नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘दिनहु जसो चौराहामा दुर्घटना हुने गथ्र्यो तर अब भने त्यहा दुर्घटनामा कमी ह्ुन्छ’ । अतिक्रण हटाउने कार्यमा कोदौहा चौराहाबासीले समेत साथ दिएका थिए ।
वडाध्यक्ष रबिन्द्र तिवारीले आफुले अतिक्रण खाली गर्न धेरै पटक भने पनि बेवास्ता गरिएको बताउनुभयो । सबैको प्रयासले अतिक्रमण खाली भए पछि आफुलाई निकै खुशी लागेको उहाँले बताउनुभयो । प्रजिअ शंकर हरिआचार्यले कोदौहा जस्तै अन्य स्थानको अतिक्रण समेत हटाईन बताउनुभयो । हुलाकी सडकका ईन्जीनीयर सुशील पौडेलले हुलाकी सडकमा पर्ने अतिक्रमण हटाउने कार्य जारी रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया !