कपिलबस्तुको मायादेवी गाँउपालिकाको पकडीमा हुने प्रथम मायादेवी कृषि व्यवसाय प्रबद्र्धन प्रदर्शनी मेलाको तयारी पुरा भएको छ । सो प्रदर्शनी मेला बैशाख १९ गते देखि ३० गते सम्म हुने आयोजक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेलाको उद्घाटन भोली हुने र मेला दिउसो ४ बजे देखि राति १० बजे सम्म सञ्चालन हुने छ ।
सो मेला मायादेवी गाँउपालिकाको आयोजना ए एण्ड ए इभेन्ट मेनेजमेण्ट प्रा.लि बुटवलको आयोजनामा हुन लागेको हो । यस क्षेत्रको व्यपार, व्यवसाय र पुरातात्विक क्षेत्रको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको मायादेवी गाँउपालिकाका अध्यक्ष बलिउद्धिन खाँले बताउनुभयो । साथै यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, कृषि जन्य बस्तुको बजारीकरण गर्ने उद्धेश्यले मेला आयोजना गरिएको उहाँको भनाई छ ।
कृषि क्षेत्रको प्रर्वद्धन गर्नुका साथै बाल उद्यान, झुलाहरु, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले बताउनुभयो । मेलामा २० हजार भन्दा बढी दर्शकद्धारा अवलोकन गर्नुका साथै ५० लाख भन्दा बढीको करोबार हुने अनुमान गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरी, पूर्व मन्त्री शहसराम यादव, मायादेवी गाँउपालिकाका सल्लाहकार सर्फुद्दीन खाँ, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष किरणमान बज्राचार्य लगायतका विभिन्न संचार माध्यमका प्रमुख एव्म प्रतिनिधिको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !