कपिलवस्तु, बैशाख १९ । नेपाललले क्रिकेटमा महत्वपुर्ण सफलता पाईरहेको बेला कपिलवस्तु नगरपालिकामा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुने भएको छ । प्रतियोगीता टि ट्वान्टी नक आउट हुनेछ । चैत २० देखि २७ गते सम्म तौलिहवा स्थित बुद्ध पद्म माबिको खेल मैदानमा प्रतियोगीता हुने भएको हो ।
नगरपालिकाले तौलिहवामा राखेको पत्रकार सम्मलेनमा नगर प्रमुख सुदीप पौडेलले नगर क्षेत्रको खेलकुदको समुचित विकासका लागि मेयर कपको आयोजना गरिएको बताए । उनले खेल क्षेत्रको विकास र बिस्तार तथा नव प्रतिभाको खोजी पहिचान र संरक्षणकालागि प्रतियोगीता गरिएको बताए । ‘नगर मै उत्कृष्ठ खेलाडी उत्पादन गर्न हामीले यो प्रतियोगीता गर्न लागेका छौ’ उनले भने ।
खेलमा १२ वटा वडाबाट १२ टिम सहभागी हुने प्रमुख प्रशाकीय अधिकृत गणेश अर्यालले बताए । दैनिक बिहान र साझ गरी २ खेल खेलाईनेछ । प्रथम पुरस्कार नगद ५० हजार सहीत मेडल ट्रफी र प्रमाण पत्र दिईने उनले बताए । दोश्रोलाई नगद ३० हजार दिईनेछ । प्रत्येक खेलका खेलाडीलाई म्यान अफ द म्याच तथा अन्तिममा म्यान अफ द सिरिज , बेस्ट ब्याट्मैन र बेस्ट बलरलाई समेत पुरस्कृत गरिनेछ ।
प्रतियोगीता सामाजिक विकास समितिका संयोजक दिरेप चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको छ । पत्रकार सम्मेलन मेयर पौडेलको अध्यक्षता र शिक्षा अधिकृत युवराज भुसालको संचालनमा भएको थियो ।
तपाईको प्रतिक्रिया !