कपिलवस्तु १९ बैशाख
कपिलवस्तु नगरपालिकाले हिंसा पीडीत १० महिलालाई जुत्ता चप्पल बनाउने सिप विकास तालिम दिएको छ । तौलिहवा स्थित साथी संस्थाको महिला आश्रय गृहमा उनीहरुलाई महिलाले लाउने बिभिन्न किसिमा जुत्ता चप्पल बनाउने तालिम दिइएको हो ।
तालिम समापन समारोहमा कपिलवस्तु नगरपालिका ३ का अध्यक्ष प्रकाश गैरले हिंसा पीडीत महिलालाई सशक्त बनाउन यो तालिम दिइएको बताए । उनले तालिम पछि महिलाहरु अब आफै आयआर्जन गर्न सक्षम हुने उनले बताए । ‘ अब तालिम लिएका महिलाहरुले सिकेको सिपबाट आफै आयआर्जन गर्न समक्ष हुनेछन ’ उनले भने ।
तालिममा पत्रका महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य युएनएफपिएका जिल्ला संयोजक संजय शर्मा, नगरपालिकाकी शिला क्षेत्रीले समेत प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रमकै बिच तालिममा प्रयोग गरिएको जुत्ता सिलाउने २ मेशीन लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा प्रशिक्षिका आशा बिश्वकर्माले तामिलले अब महिलाहरु आफै आत्मनिर्भर हु्ने बाटो खुलेको बताईन । साथी सस्था महिला आश्रयगुहकी संयोजक बिमला पौडेलले महिला हिंसा पीडीतहरुलाई नगरपालिकाले सिप विकास तालिम दिएर सराहनीय काम गरेको बताईन । उनले यो कार्यले महिलाहरुमा हौसला थपेको उनले बताईन । तालिम बैशाख ४ देखि १८ गते सम्म चलेको हो ।
तपाईको प्रतिक्रिया !