प्यूठान कार दुर्घटना : आठजनाको मृत्यु
प्युठान, जेठ २९ गते । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्यूठानमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको हो ।
कारमा दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए ।
दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा लगिएकोमा चिकित्सकहरुले आठै जनाको निधन भएको पुष्टि गरेका छन् ।
अस्पतालका चिकित्सक डा. प्रतीक्षा मिश्रका अनुसार आठै जनाको निधन भएको हो । यात्रुहरु दाङको नारायणपुरबाट तीर्थयात्राका स्वर्गद्वारी गरेको जानकारी प्राप्त भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













