रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आषिशलाइ
काठमाडौं, साउन २० गते । रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आषिश फुयालले जित्नुभएको छ ।
नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको दुक्ष्ई दिने प्रतियोगिताको फाइनल चरणमा आशिषले काठमाडौंका १४ वर्षीय पुरुषोत्तम सिलवालसँग बराबरी खेल्नुभयो । ६.५ अङ्क बनाउनुभएका आशिषले उपाधिसँगै १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
६ अङ्कसहित दोस्रो हुनुभएका पुरुषोत्तमले सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । तेस्रो स्थानमा रहनुभएका पूर्व नेपाल च्याम्पियन नविन तण्डुकारले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
महिलातर्फको उपाधि काठमाडौंकी आरती छत्कुलीले जित्नुभयो । चार अङ्क बनाउनुभएकी उहाँले पुनम प्रसाईं टाइब्रेकरको आधारमा पछि पार्नुभएको हो । प्रतियोगितामा ५८ जना खेलाडीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























