मदन पुरस्कारका लागि छनौट भएका पुस्तकहरुको श्रेष्ठ सूची सार्वजनिक
काठमाण्डौ – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।
सूचीमा पाँच कृति छन् । गुठीलाई प्राप्त तीन सय १३ पुस्तकहरूबाट छनौटमा परेका सूचीमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष–२०७९ को मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।
छनौट भएका पुस्तकहरू :
इजोरिया– सुबिन भट्टराई
ऐँठन–विवेक ओझा
चक्रव्यूहमा नेपालको जलस्रोत– द्वारिकानाथ ढुङ्गेल
थाङ्ग्रा–प्रगति राई
माटाको घर–सञ्जय विष्ट
२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।
मदन पुरस्कार गुठीले २०७२ सालदेखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दश वटाको श्रेष्ठ सूची सार्वजनिक गर्दै आएको छ । २०७५ सालदेखि पुरस्कार राशी चार लाख रुपैयाँ रहेको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













