कपिलवस्तु
जिल्ला प्रहरी प्रमुखको रुपमा १३ महिना काम गरी सरुवा हुनु भएका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलाई कपिलवस्तुको तौलिहवामा फेरी भेटौला कार्यक्रम गरी बिदाई गरिएको छ । कपिलवस्तु मेयर्स क्लवले कपिललस्तु नगरपालिकामा प्रहरी उपरिक्षक (एसपि) बस्नेतलाई खादा, मायाको चिनो दिएर बिदाई गरेको हो ।
सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्य, मेयर्स क्वलका अध्यक्ष तथा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, शिवराज नगरपालिकाका मनगर प्रमुख अजय थापा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले खादा, मायाको चिनो र टीका लगाई बिदाई गरेका थिए ।
यस्तै प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल उप सचिव हरि प्रसाद ज्ञवाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य युवा नेता राजेश ज्ञवाली, नगरपालिकाका सल्लाहकार अब्दुल रसिद खाँ लगायतले समेत खादा र टीका लगाई बिदाई गरको थिए । सो अवसरमा प्रहरी उपरिक्षक बस्नेतले १३ महिनाको बसाईमा आफुलाई सबै पक्षबाट सहयोग भएको बताए ।
कपिलवस्तु जस्तो संबेदनशील र चुनौतीपुर्ण जिल्लामा पनि ब्यक्तित नभै सबैको साझा प्रयासले काममा सफलता मिलेको उनले बताए । उनले आफुले सबै पक्षबाट पाएको सहयोग महत्वपुर्ण रहेको भन्दै सुरक्षाको प्रकृया अवलम्बन गर्ने क्रममा कही कतै तीतो अनुभव भए बिर्सन उनले आग्रह गरे । सो अवसरमा मेयर्स क्वलका अध्यक्ष श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न एसपी बस्नेतले राम्रो काम गरेको बताए ।
उनले आगमी दिनमा पनि यसरी नै काम गर्ने कामना सहीत तितो मीठो अनुभव लिएर जान लाग्नु भएका बस्नेतलाई शुभकामना समेत दिए । एसपी बस्नेत बिशेष सुरक्षागण महेन्द्रनगरमा सरुवा हुनु भएको हो । उहा बुधवार रमना लिई जाने बताइएको छ । कपिलवस्तुमा प्रहरी उपरिक्षक (एसपि) नवरत्न पौडेल सरुवा भई आउन लाग्नु भएको छ ।