एसिया कप क्रिकेट : सुपर फोरको पहिलो खेलमा आज पाकिस्तान र बंगलादेश खेल्दै
काठमाण्डौ – एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल शुरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश खेल्दैछन् । यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ ।
समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।
हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुग्यो । एसिया कपमा सहभागी ६ टोलीमध्ये नेपाल र अफगानिस्तान समूह चरणबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













