भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण
काठमाडौं, भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उहाँमाथि आक्रमण भएको हो ।
बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













