लुम्बिनीमा ४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई स्वागत
लुम्बिनी समय । संवाददाता
लुम्बिनी, असोज १० गते । बुद्वजन्मस्थल लुम्बिनीमा ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार विहान पर्यटकलाइ स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गर्नु भएको हो ।
लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपाल संयुक्त रूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाईएको हो । उक्त अवसरमा लुम्बीनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गर्नुभएको थियो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













