बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प
काठमाडौं, असोज १६ गते । पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।
आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो ।
यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५:३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।
भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













