लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड
लगातार छैठो बर्ष पनि प्रथम हुदै कनकमुनी माबिले छैठो राष्ट्रपति रनिङ शील्ड जितेको छ । लगातार ६ पटक कप जितेर शील्डमा उसले जितको छक्को हासिल गरेको हो ।
उसले १५ स्वर्ण, ७ रजत र २ कास्य पदक गरी कुल २४ पदक जितेको हो । जितसंंगै कनकमुनीले ३० हजार नगद र शील्ड प्राप्त गरेका हो । यस्तै ४ स्वर्ण, २ रजत र ३ कास्य जित्दै राष्ट्रिय माबि बिकुली दोश्रो र ३ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दै वेस्ट प्वाईन्ट बोडिङ स्कुल तेश्रो भएको छ ।
राष्ट्रिय माबिले २० हजार र वेस्ट प्वान्टले १२ हजार नगद प्राप्त गरेको थियो । ५ स्वर्ण जितेका कनकमुनीका छात्र रियाज खा र ५ स्वर्ण जितेकी कनकुमनी कै छात्रा श्रृष्टी आर्याल उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
भलिबल छात्र तर्फ राष्ट्रिय जनहीत माबि धरमपनीयाका सोमनाथ अहिर र छात्र तर्फ धर्मभक्त माबि बभनीकी निलम भुज उत्कृष्ठ खेलाडी घोषित भएका थिए । बिजेता टोलीलाई लुम्बिनी प्रदेशका प्रदेश सदस्य सुधाकर पाण्डेय, नगर प्रमुख सुदीप पौडेल लगायतको टोलीले पुरस्कार र प्रमाण पत्र बितरण गरेको थियो ।































