तौलिहवा (कपिलबस्तु), फागुन १८ गते । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ४ द्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच सो सामाग्री हस्तान्तरण गरिएको हो ।
नागरिकको स्वास्थ्य उपचारको सहजता लागि वडाध्यक्ष असफाक अहमद खाँले स्वास्थ्य चौकीलाई ३५ प्रकार औषधी सहयोग गरिएको बताउनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै खाँले मानिस जव सम्म स्वास्थ र शिक्षित हुदैन तब सम्म त्यस ठाउँको दिगो विकास हुन नसक्ने बताउनुभयो । वडाका नागरिकलाई सुरक्षित राख्नको लागि सो स्वास्थ्य सामाग्री हस्तन्तरण गरिएको वडाध्यक्ष खाँले बताउनुभयो ।
साथै वडाभित्र रहेका मदरसा र विद्यालयलाई शिलिङ पंखा, कर्पेट र पिफर्म हस्तान्तरण गरिएको हो । वडाध्यक्ष खाँले एक कार्यक्रमका विच स्वास्थ्य चौकी इन्र्चाज महेश कुमार पाण्डेयलाई स्वास्थ्य सामाग्री हस्तन्तरण गर्नु भएको हो । कार्यक्रममा वडा सचिव शिव गुलाम कलवार, वडा सदस्य हृदयराम यादव, सामाजसेवी समसे कमाल (बाब्बु) लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !