बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर भिक्षुको धम्मयात्रा
लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुको धम्मयात्रा सुरु भएको छ।
शनिबार लुम्बिनी स्थित मायादेवी मन्दिरबाट धम्म यात्रा सुरु भएको हो। लुम्बिनी स्थित ५ हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्रबाट मायादेवी मन्दिरसम्म श्रामणेरहरुले धम्मयात्रा गरेका हुन्।
श्रामणेरहरूले शनिबार नै भैरहवा र आईतबार रामग्राममा धम्मयात्रा गर्नेछन्। श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा। हरिध्वज राईले पुष्पगुच्छाले स्वागत गरेका थिए।
लुम्बिनीमा धार्मिक गतिविधि बढ्दो बुद्धशिक्षालाई प्रवद्र्धन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताए। उनले धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउने बताए।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराईएको हो।
भिक्षुहरूको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिने र समुदायतहसम्म बौद्ध शिक्षालाई पुर्याउने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।
अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ।
सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ। भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्नेछ।
धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो। धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्म संगै प्रस्थान गर्नु हो। फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रवज्या गराई पहेँलो चीवर प्रदान गरेका हुन्।
लुम्बिनीमा भएको १२५० जनाको प्रवज्याले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताइन्।
उनले धम्मयात्राले बुद्धजन्मस्थलको प्रचार प्रसारसँगै बौद्ध गतिविधिलाई प्रवर्द्धन गर्ने बताए। फागुन १६ गतेदेखि शुरु भएको प्रवज्यामा लुम्बिनीमै आएर १२५० जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका हुन्।
चैत ८ गते अल्पकालीन भिक्षुहरूको समय सकिनेछ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













