तौलिहवा (कपिलबस्तु), २२ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका ३ सिकोटवा गाँउमा झाडापखाला फैलिएको छ । दुई तीन दिन यता सिकोटवा गाँउको केही परिवारमा झाडापखाला देखिएको हो ।
कपिलबस्तु अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ड डाक्टर विपिन जयसवालका अनुसार अस्पतालमा झाडापखाला बिरामी आएपछि एन्टीजेन परिक्षण गर्दा एक जनामा हैजा देखिएको बताउनुभयो । उहाँले अस्पतालमा आएका झाडा पखालाका बिरामीहरुलाई छुट्टै उपचारको व्यवस्था र एन्टीजेन परिक्षण अनिवार्य गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाई र दुषित खानेपानीका कारण यस्तो रोगहरू फैलिने गरेको छ ।”
स्वास्थ्य कार्यालय कपिलबस्तुका ल्याब टेक्नेसियन श्रीधर खनालका अनुसार सिकोटवा गाँउमा रहेको खानेपानीको धाराबाट पानीको चेक जांच गर्न पठाइएको बताउनुभयो । उहाँले रिर्पोट आएपछि मात्र रोगको यकिन गर्न सकिने बताउनुभयो । अहिलेसम्म तीन जना झाडापखालाका विरामी भेटिएको उहाँले बताउनुभयो । तीन जनामध्ये दुई जनालाई कपिलबस्तु अस्पतालबाट घर पठाइएको र एक जनाको उपचार भईरहेको बताउनुभयो ।
कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलका अनुसार झाडापखालाका बिरामीहरूको सङ्ख्या बढ्न थालेपछि गाउँमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताउनुभयो । उहाँहरुलाई स्वास्थ्य साबुनल, जिवनजल गायतका स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जानचेतनाका लागि माईकिंग समेत गरिको बताउनुभयो।
जिल्लालाई २०७६ भदौ ३१ गते खुला दिशा मुक्त जिल्ला घोषणा गरिएको थियो । ढाई वर्ष पहिले कपिलबस्तुको कृष्णनगरमा झाडापखालाको महामरी फैलिएको थियो ।
तपाईको प्रतिक्रिया !