गर्मीका कारण कपिलबस्तुका तिन पालिकाले दिए विदा
तौलिहवा (कपिलबस्तु), जेठ ३० गते । अत्याधिक गर्मीका कारण कपिलबस्तुका पालिकाले विदा दिएका छन् । केही साता देखि तराई क्षेत्रमा बढ्दै गएको अत्याधिक गर्मीका कारण सामुदायिक, संस्थागत, धार्मिक विद्यालय तथा बालविकास केन्द्रमा विदा दिइएको हो ।
कपिलबस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार गर्मीका कारण पठन पाठन क्रियाकलप सञ्चालन गर्न कठीनाई भएको जेठ ३२ गते सम्म्का लागि विदा दिईएको बताउनुभयो । उहाँले बर्षे विदाबाट कट्टा हुने गरी पालिका अन्र्तगत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बताउनुभयो ।
त्यस्तै शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलका अनुसार तराईमा दैनिक बढी रहेको अत्याधिक गर्मीको कारण विद्यालयहरुमा पठनपाठन गर्न कठिनाई उत्पन्न भएकोले विदा दिइएको बताउनुभयो ।
त्यस्तै बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार तिवारीका अनुसार गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा वालवालिकाहरुको स्वास्थ्यामा समेत पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै पालिका अन्तर्गत सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको बताउनुभयो ।
प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । गर्मीको कारणले कपिलबस्तुका केही पालिकाहरुले विहानी कक्षा सञ्चालन गर्दै आई रहेका छन् ।































