कपिलबस्तु, असार ८ गते । कपिलबस्तुको तौलिहवामा तिसरा अन्र्तराष्ट्रिय अवधी सांस्कृतिक महोत्सव हुने भएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतद्वारा गरिने छ । महोत्सव शनिबार र आईतबार गरी दुई दिन चल्ने आयोजक समितिले जानकारी दिइएको हो ।
महोत्सव पाँच सत्र गरी विभिन्न क्रियाकलप गरिने बताइएको छ । प्रथम सत्रमा अवधी भाषा र साहित्यको बारेमा चर्चा गरिनुका साथै नेपालमा अवधी भाषा तथा साहित्यको अवस्था र आवब्यकता, अवधी गद्यका स्वरुप र अवधी भाषाको डिप्लोमा पाठ्यक्रमः अवध विश्वविद्यालय लगायतको बारेमा कार्यपत्र प्रस्तुत गरिने शिक्षा तथा सांस्कृति प्रबद्र्धन केन्द्र नेपालका अध्यक्ष पशुपति मणि त्रिपाठीले बताउनुभयो ।
त्यस्तै दोस्रो त्रिमा अवधी भाषामा अनुवाद तथा अवधी साहित्यमा अनुवाद साहित्यको अवस्था र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरिने उहाँको भनाई छ । त्यस्तै तेस्रो सत्रमा अवधी पारम्परिक गायन (ठुमरी, दादरा कजरी)को प्रस्तुति र छलफल गरिने अध्यक्ष त्रिपाठीले बताउनुभयो । अवधि पारम्परिक गायनको प्रस्तुतिकरण पण्डित पंकज मिश्र, र कधिर शिवम शर्माको रहने आयोजकले जानकारी दिइएको छ ।
त्यस्तै चौथो सत्रमा दर्शनको बारेमा चर्चा गरिने बताइएको छ । सांख्या दर्शको अवधि लोक दर्शन परम्परामा प्रभाव, अवधि सन्त साहित्यमा दर्शनको स्वरुप र अवधि क्षेत्रका लोक देवी देवता लगायतको कारेमा कार्यपत्र प्रस्तुत गरिने विक्रम मणि त्रिपाठीले बताउनुभयो । पाचौ सत्रमा बहुभाषिक कवि गोष्ठी गरि महोत्सवको समापन गरिने हुने छ ।
तपाईको प्रतिक्रिया !