कपिलबस्तु, साउन २३ गते । कपिलवस्तुको तौलिहवा स्थित बुद्ध ज्योति कलेजमा यस बर्ष देखि तौलिहवा क्षेत्रमा पहिलो पटक बिबिए (बेचलर अफ बिजनेस एडमिस्ट्रेशन ) को पढाई सुरु हुने भएको छ । राजर्षी जनक बिश्व बिद्यालयबाट बिबिएको अनु्मति पाए पछि शैक्षिक सत्र २०८१ बाटै सो बिषयको पढाई त्यहा सुरु हुने भएको हो ।
बिबिएको पढाई हुने जिल्ला मै बुद्ध ज्योति दोश्रो क्याम्पस हो । प्लस टु सकेका बिद्यार्थीलाई तौलिहवा क्षेत्र मै पढाईको सहजताका लागि बुद्ध ज्योति कलेजमा बिबिएको पढाई सुरु गर्न लागिएको क्याम्पस प्रमुख प्रकाश गैरेले बताए । सदरमुकाम तौलिहवालाई केन्द्र बिन्दु बनाएर यो बिषयको पढाई सुरु गर्न लागेको बताए ।
अबको एक महिना भित्रै कक्षा संचालनका लागि तयारीलाई तीब्रता दिएको उनले बताए । दक्ष जनशक्ति र आवश्यक पुर्वाधारको तयारीमा लागेको बताए । कक्षाकोठा र कम्प्युटर रुममा एसी जडान गरिने उनले बताए । अर्घाखाची, दाङ र प्युठानका बिद्यार्थीलाई समेत यस कलेजमा पढन आउनका लागि प्रचारप्रसार समेत अघि बढाइएको उनले बताए ।