कपिलवस्तु २४ साउन
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले निःशुल्क र गुणस्तीय शिक्षाको विकासका लागि लगानी बढाउदै गएको बताएका छन । उनले कमजोर अवस्थामा रहेको शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकले यस बर्ष पनि साढे ७ करोड बजेट बिनियोजन गरेको बताए ।
युरोपयिन युनियन र युनिसेफको सहयोगमा कालिका सामाजिक स्वावलम्बन केन्द्रले तौलिहवा स्थित नगरपालिकामा राखेको परिचयात्मक बैठक तथा शिक्षा क्षेत्र योजा निर्माण कार्यक्रममा उनले सो कुरा बताएका हुन । गत बर्ष देखि नगरपालिकामा निःशुल्क शिक्षा कार्यक्रम संचालन गरी बजेट समेत बिनियोजन गर्दै आएको बताए ।
उनले नगरमा निःशुल्क शिक्षा संचालन गरिए संगै नगर क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा बिद्यार्थीको चाप बढनु नै यसको सकारात्मक सुरुवात भएको बताए । ‘ सदरमुकाम तौलिहवा केही बिद्यालयमा बिद्यार्थी धेरै भर्ना भएका छन, भर्नाको चाप बढेकाले बिद्यार्थीलाई फर्काउने अवस्थामा समेत आयो यही नै निःशुल्क शिक्षाको राम्रो सुरुवात हो’ उनले भने । शिक्षक भर्ना हुदा पैसाको चलखेल भएको भन्ने चोक चौराहामा आएको हल्लाको पछि लाग्न नसकिने भन्दै उनले कसैले कुनै किसिमको अनावश्यक रकम लिएको पाइए कारबाही गर्न पछि नपर्ने उहांको भनाई छ ।
शिक्षा क्षेत्रको विकासमा सबै जिम्मेवार हुनु पर्ने उनले बताए । उनले सबै मिलेर नगरका शिक्षा र बिद्यालयको स्तर बढाउदै जानु पर्ने बताए । कार्यक्रममा नगरको शिक्षा योजना बनाउन नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत निर्माण गरिएको छ ।
कार्यदलको सदस्यहरुमा मोहनलाल शर्मा, रामहेतु प्रसाद चौधरी, प्रताप नारायण तिवारी, अफाक अहमद खाँ, मनोज कुमार श्रविास्तव, शिव कुमार पाण्डेय, गीता खनाल रहेका छन ।
सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले नगरपालिकाले राखेको स्वयमसेवक शिक्षकको तलब उचित बनाउनु पर्ने, नगरपालिकाका शिक्षकहरुको दरबन्दी मिलान र आन्तरिक सरुवा गर्नु पर्ने बताए । वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले शिक्षा क्षेत्रको विकासका लागि सबै जिम्मेवार पुर्वक लाग्नु पर्ने बताए ।
वडा नम्बर १ का अध्यक्ष जाहिद खाँले मदर्सालाई समेत नगरपालिकाले हेर्नु पर्ने बताए । कार्यक्रममा परियोजना संयोजक हरिश चन्द्र चौधरीले लुम्बिनी प्रदेशका २७ वटा स्थानीय तहका १ सय २३ बिद्यालयमा पहिलो चरण कार्यक्रम संचालन गरिनेछ । उनले योजना निर्माणको चरण, शिक्षाको अवस्था प्रावधान लगायतका बिषमया जानकारी गराएका थिए ।
परियोजना २ बर्ष सम्म संचालन गरिनेछ । गुणस्तीय सिकाईकालागि बिद्यालय क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम समेत संचालन गरिने उनले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, वडाध्यक्षहरु, बिभिन्न बिद्यालयका प्रअहरु लगायतको सहभागीता थियो ।