कपिलवस्तु, साउन ३१ गते । पोषण अवस्था सुधारकालागि कपिलवस्तुमा पोषण मार्फत जीवन रुपान्तरण कार्यक्रम संचालन गरिएको छ । हेलेन केलर र आईडिईको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रको अगुवाईमा जिल्लामा सो कार्यक्रम संचालन गरिएको हो । परियोजनाका बिषयमा तौलिहवामा सरोकारवालाहरुलाई राखिएको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको हो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले जिल्ला तथा लुम्बिनी प्रदेशको पोषणको अवस्था प्रति चिन्ता ब्यक्त गर्दै सन २०३० भित्र पोषणको अवस्था सुधार गर्ने काम निकै चुनौती पुर्ण हुने बताए । उनले देश मै लुम्बिनी प्रदेश र कपिलवस्तुको अवस्था नाजुक रहेको भन्दै यसका लागि सबै सरोकारवाला एकबद्ध भई अघि बढनु पर्ने बताए ।
उनले जिल्लामा बर्षौ देखि पोषणको अवस्था सुधारका लागि कार्यक्रम संचालन भए पनि अप्रेक्षित उपलब्धी भने हासिल हुन नसकेको बताए । उनले अपेक्षित लक्ष्य हासिलका लागि काम गर्ने रफतार बाढउनु पर्ने बताए ।
सो अवसरमा प्रजिअ बिश्व प्रकाश अर्यालले पोषणको बिषय पालिकको प्राथमिकतामा नपरेको बताए । उनले पोषणको स्थिति सुधारका लागि अभियान संचालन गर्नु पर्ने र त्यसको अगुवाई पालिकाले गर्नु पर्ने बताए ।
कार्यक्रममा बिजय नगर गाउपालिकाका प्रमुख गोपाल थापा, शुद्धोधन गाउपालिकाका प्रमुख कमलेश शरण चौधरी, बाणगंगा नगरपालिका की उप प्रमुख रिता चौधरीले पालिकाहरु पोषणका बिषयमा संबेदनीशल रहेको र आवश्यक सहकार्य र समन्व गर्न तयार रहेको बताए ।
कार्यक्रममा सो परियोजनका बिषयमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । कार्यक्रममा कालिका संसथाका बारेमा प्रबीण कुमार श्रीवास्तवले जानकारी गराएका थिए ।
यस्तै परियोजनाका बिषयमा हेलेन केलरका भरत शर्माले जानकारी दिदै ५३ प्रतिशत बालबालिकाको मृत्युको कारण कुपोषण रहेको बताए । यस्तै नेपालमा ख्याउटेपनको दर ७ दशमलव ७ रहेको र लुम्बिनी प्रदेशको दर भने १६ दशमलव २ रहेको उनले बिवरण पशे गरे ।
कार्यक्रममा आईडिईका जंग बहादुर गुरुङले कार्यक्रम बारे जानकारी गराएका थिए । जिल्ला समन्वय समितिका प्रमुख आचार्यको अध्यक्षता, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।