बार कपिलवस्तुको अध्यक्षमा लोकतान्त्रिक प्यानलका भट्टराई निर्वाचित
कपिलवस्तु, भदौ ८ गते ।
नेपाल बार एशोसियसन कपिलवस्तुको अध्यक्षमा लोकतान्त्रिक प्यानलका ज्ञान हरि भट्टराई निर्बाचित भएका छन । भट्टराईको अध्यक्षतामा ११ सदस्यीय लोकतान्त्रिक प्यानल निर्वाचित भएका छन ।
शनिवार तौलिहवा स्थित बारको परिसरमा भएको निर्वाचनमा भट्टराईले बाम गठबन्धनका उम्मेदवार चक्र बहादुर क्षेत्रीलाई १२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
निर्वाचन संयोजक हुम बहादुर कुवर अनुसार भट्टराईले ३० र क्षेत्रीले १८ मत पाएका छन । उपाध्यक्षमा शैलेन्द्र कुमार दुबे, सचविमा राजुृ कुमार श्रीवास्तव, कोषाध्यक्षमा कृष्ण बन्जाडे निर्वाचित भएका छन ।
कार्य समिति सदस्यहरुमा नगेन प्रसाद निरौला, जगन्नाथ अर्याल, माहोम्मद कलीम मुसलमान, अंकिता श्रीवास्तव, महेन्द्र प्रसाद खनाल, शंकर घिमिरे र अभिमन्यु कुवर रहेका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























